इटहरीः प्रदेश १ मै लोकप्रिय गोर्खा डिर्पाटमेन्टअन्तर्गत रहेको गोर्खा होटलको माथिल्लो तल्लामा सोमबारदेखि निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।

२५देखि ३० जनासम्म बसेर खान मिल्नेगरी रेस्टुरेन्ट सञ्चालनमा आएको हो । कारोना महामारीले होटल व्यवसायमा पारेको असर क्रमश उठ्ने अवस्थामा रहेकाले फरक सुविधासहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको निलगिरी गोर्खा रेस्टुरेन्टका सञ्चालक बलराम आचार्यले जानकारी दिए । इटहरीमा खुलेका अन्य रेस्टुरेन्टभन्दा पृथक परिकार र सेवा यस रेस्टुरेन्टले दिने उनको भनाइ छ । उनका अनुसार रेस्टुरेन्टबाट पुरै इटहरीको दृष्यावलोकन गर्न सकिने छ ।

यसको लागि यहाँ दूरविनको व्यवस्थासमेत गरिएको छ । सामान्य घरमा खाने स्थानीय खानेकुराका विशेष मेन्यु बनाएर प्रस्तुत गर्ने रेस्टुरेन्टको योजना छ । जाडो याममा भन्दा गर्मी याममा यो रेस्टुरेन्ट उपयुक्त हुने जनाइएको छ । साथै आउँदै गरेको प्रणय दिवसका दिन यहाँ विशेष सांगीतिक कार्यक्रम, लाईभ ग्रिल लगायतका कार्यक्रम आयोजना गर्ने रेष्टुरेन्टका सञ्चालक आर्चायले जानकारी दिए ।