इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीउपर प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

महानगरीय अपराध महाशाखाद्वारा जारी पक्राउ पुर्जी अनुसार राज्य विरुद्धको कसुरसम्बन्धी ऐनको दफा ५८ लाई आधार मानी झाँक्रीलाई पक्राउ गरिने भएको छ । उनलाई पक्राउ गर्न महाशाखाको टोली काठमांडौैको शंखमूलस्थित झाँक्रीको निवासमा पुगेको छ । प्रहरी पुग्नासाथ झाँक्रीको समर्थनमा नेकपाका कार्यकर्ताहरुले उनको निवास परिसरमै नाराबाजी गरेका छन् । हालसम्म झाँक्री पक्राउ भने नपरेको जनाइएको छ ।