इटहरीः नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति नभई मेलमिलाप र सहकार्यको राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्पर्क समितिद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी सभा विघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सर्वोच्च अदालतले निर्वाचनमा जाने आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिनेसमेत बताए । ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रवाद नभई नेपाली राष्ट्रवादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रवाद भेनेको सबै जात धर्म भाषा र सँस्कृतिलाई समान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उद्देश्य नेपाली जनताको सपना साकार पार्ने उद्देश्य बोकेको बताए । उनले नेपाली राष्ट्रवादको सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अपिल गरे । पूर्वमन्त्री ढकालले देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिव्र ध्रुवीकरण भएकोप्रति चिन्ता व्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे ।

ढकालले जुनसुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसात गर्दै अगाडि बढेको बताए । अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागि झुटो आश्वासन दिने, देशलाई मुठभेडतर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिँड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै उनले अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसँस्कारयुक्त राजनैतिक शक्ति नेपालको आवश्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए । दलका महामन्त्री विनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनको लागि तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दःुखमा निस्वार्थ साथ दिने तथा बोल्नेभन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए ।

परिवार दलले भुकम्प, शीतलहर, बाढी तथा कोभिड संक्रमणको बेला जनातको घर घरमा पुगरे सहयोग गरेको उनले बताए । उनले परिवार दलको पहलमा विद्यालयसमेत निमार्ण भएको जानकारी दिए । परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ विचार दिएर हिँडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरुले उठ्न नदिएको बताउँदै जनतालाई सडकमा ल्याएर शक्ति प्रदर्शन गर्दैमा कुनै राजनीतिक दल ठूलो नहुने बताए । भविष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युवाहरुलाई आबद्ध हुन आह्वान गदै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए । दलकी कोषाध्यक्ष एवम् संविधानसभा सदस्य मिलनकुमारी राजवंशीले महिलाहरुलाई राजनीतिमा लाग्न अभिप्रेरित गदै नेताभन्दा जनता चलाख भइसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताइन् । उनले नयाँ विचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिवादी पार्टीमा आबद्ध हुन सबैलाई आव्हान गरिन् । कार्यक्रममा दलका केन्द्रीय सदस्य विजय कट्टेल, दलका केन्दीय सल्लाहकार केशवप्रसााद चौलागाई, गोविन्द मिश्र, प्रकाशबाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेशकुमार श्रेष्ठ, सन्तबहादुर पन्तलगायत सहभागी थिए । भेलाले नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्र्पक समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।

कलाकारलाई परिवार दलको सम्मान लामो समयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा मिस राजवंशी २०१८ की सेकेन्ड रनर अप, मिस ग्रेस काठमाडौँ २०१९ की सेकेन्ड रनर अप मोडल मनिषा राजवंशी, साहित्यकार शुशीला शर्मा, गायिका प्रतिमा कट्टेल, कलाकार ज्योति खड्का, कलाकार साहित्यकार विजय कट्टेल ,सबिता तामाङ टेलिभिजन प्रस्तोता विवश राईलगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा गायिका अन्जु गौतमले आफ्नो सांगीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।