इटहरीः नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनको काठमाडौँको राष्ट्रिय सभागृहमा फाल्गुन ८ र ९ गते सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले राजेन्द्र शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दे उपाध्यक्षमा भुपाल ओली, पासाङ तामाङ, पूर्ण कार्की र अर्जुन श्रेष्ठ महासचिवमा गुरुप्रसाद धिताल र कोषाध्यक्षमा नारायण श्रेष्ठसहित दुई उपमहासचिव र चार सचिव चयन गरेको छ । महाधिवेशनको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र समापन खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले गरेका थिए ।