धरानः नजिकिँदै गरेको तिहारलाई लक्षित गरी लुकाइछिपाई धरान भित्र्याइएको २१ बोरा पटाकासहित ३ जना भारतीय नागरिकलाई धरान प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

धरान–१० स्थित कुमारी सुनुवारको घरमा भाडामा बस्ने भारतीय नागरिकलाई २१ बोरा पटाकासहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत बिहारका राजकुमार दास, अर्बिन देव र दिलीप दास रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोक जबेगूले जानकारी दिए ।

pataka 2

सुनसरीको भण्टाबारी सीमा नाकाबाट केरा ल्याउने गाडीमा लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याएको उनीहरूले बताएको प्रहरी निरीक्षक जबेगूले जनाए । उनका अनुसार पटाका धरान हुँदै पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभामा पठाउने तयारी भइरहेको अवस्थामा बरामद गरिएको थियो । उनीहरूले १ साताअघि मात्र सुनुवारको घर भाडामा लिएका थिए ।
उनीहरूलाई आतिसबाजी ओसारपसारसम्बन्धी मुद्दामा कारबाही अघि बढाइने मुद्दा फाँटका प्रहरी निरीक्षक जबेगूले जनाए ।

pataka 1