विराटनगरः अपहरण तथा हत्याका आरोपी दुइ जना थुनुवा कार्यालय प्रमुख नभएको बेला विराटनगरको रानी थुनुवा कक्षबाट भाग्न सफल भएका छन् ।
छिमेकी मुलुक भारतसँग सीमा जोडिएको विराटनगरको रानीस्थित इलाका प्रहरी कार्यालयबाट विराटनगरका मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन भाग्न सफल भएका हुन् । थुनुवा फरार भएको बेला कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला बिदामा थिए ।
उनीहरूले थुनुवा कक्षको रड काटेर भागेको मोरङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता निशान थापाका अनुसार राति १२ बजेपछि घटना भएको हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर छानबिन भइरहेको छ । हिजो बेलुकाको घटना सुरक्षा संवेदनशीलतासँग जोडिएको हुँदा कसको लापरवाही हो भन्ने बुझी त्यसको निचोडमा प्रहरी पुग्ने उनले बताए ।
दुुई आरोपितलाई आफ्नै साथी विराटनगरका मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको आरोप लागेको थियो । अस्ताकको गत आसोज ७ गते सडकको ह्युमपाइपभित्र लास फेला परेको थियो ।