बाग्मतिः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेको छ ।
युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरिएको हो । यो कार्यक्रमअन्तर्गत युवायुवतीको मागअनुसार विभिन्न प्रकारका तालिम सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्ष ०७७÷०७८ भित्र ड्राइभिङ तालिम, होमस्टे तालीम, सौन्दर्य तालीम, इलेक्ट्रिसियन तालीम, कम्प्युटर तालीम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
जसअन्तर्गत ड्राइभिङ तालीम, होमस्टे तालिम र सेक्युरियटी गार्डको तालीम यसअगावै सञ्चालन भइसकेका छन् भने एक महिने कम्प्युटर तालिम हाल जारी छ । यसैगरी सौन्दर्य र इलेक्ट्रिसियन तालिम सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ । -रासस