वासिङटनः विश्वव्यापी रुपमा हुने हतियार कारोबारको ३६ प्रतिशतका लागि अमेरिका जिम्मेवार रहेको स्टकहोममा आधारित रिसर्च इन्स्टिच्युटले जनाएको छ ।

यो भनेको पछिल्लो पाँच वर्षमा हतियारको व्यवसाय २० प्रतिशतले वृद्धि हुनु हो । यो तथ्यांकले अमेरिकालाई विश्वको दोस्रो ठूलो हतियार विक्रेता, रुस भन्दा धेरै माथि पुर्याएको छ । अमेरिका र रुसपछि चीन, फ्रान्स र जर्मनीबाट झन्डै १९ प्रतिशत हतियारको कारोबार हृुने गर्दछ । २००५–२००९ को तुलनामा अहिले हतियारहरुको कारोबार २० प्रतिशतले वृद्धि भइसकेको हुँदा दुनियाँ अहिले शीतयुद्धको अन्त्यतिरको अवस्थामा पुगेको हो । ‘स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्सटिच्युट’ (सीप्री) का वरिष्ठ खोजकर्ता पिटर विजिमनले भने, “कोभिड–१९ महामारीका कारण धेरै देशहरुमा हतियार भित्रिने दरमा आगामी केही वर्ष गिरावट आउन सक्छ । तर २०२० मै पनि कतिपय मुलुकहरुले मुख्य हतियार सम्बन्धी ठुल्ठुला सम्झौता गरेका छन् । ” यसमा विशेषगरी अमेरिकाले मध्यपूर्वमा रहेका निरंकुश शाषनहरुलाई हतियार विक्री गरिरहेकाबारे सबैभन्दा धेरै चिन्ता व्यक्त गरिएको छ ।

किनकी त्यो क्षेत्रमा हातियराको निर्यात सबैभन्दा तिव्र रुपले बढेको छ । सीप्रीको रिपोर्ट अनुसार मानव अधिकार उल्लंघनका अनेकौँ अधियोग लागेको साउदी अरेबियालाई ७३ प्रतिशत हतियार अमेरिकाबाट प्राप्त हुने गरेको छ । त्यस्तै ट्रम्पको नीति अन्र्तगत चाहिँ साउदी सहित युएइ र जोडार्न सबैभन्दा बढी लाभान्वित भएका हुन् । ट्रम्पले मध्य पूर्वी राष्ट्रहरुलाई हतियारका लागि दिइने भनिएको आपत्कालीन ८१ अर्ब डलर रकम कंग्रेसलाई अवरोध गर्नबाट रोकेका थिए । यसरी हतियार कारोबारका लागि सबै देश अमेरिका र पश्चिमी राष्ट्रहरुमै निर्भर रहनु भविष्यमा बाइडेन प्रशासनका लागि लाभदायी हुन सक्ने बताइन्छ । तर केही समय अगाडि मात्र ह्वाइटहाउसले साउदी अरब र युएइसँगको हतियार सम्झौता स्थागित गराइ जनवरीमा भएको कारोबारबारे पनि छलफल गर्ने निर्णय लिएको यसअघि वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो । त्यसको एक महिनापछि राष्ट्रपति जो बाइडेनले साउदीका राजा सलमानसँग कुरा गर्दै नियम पालन र मानव अधिकारको विषयलाई अमेरिकाले महत्वपूर्ण स्थानमा राख्ने सुनिश्चित गराएको ह्वाइटहाउसले त्यस समय जानकारी दिएको थियो । -इन्डिपेन्डेन्ट