तस्बिरः स्राेत निजकाे फेसबुक
इटहरीः इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) बुद्धिराम चौलागाई असोज महिनाको ‘पुलिस अफ द मन्थ’ भएका छन् । चौलागाईंले चोरी, लागूऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याएको भन्दै असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकको नेतृत्व सम्हालिसकेका चौलागाई ३ महिना अघिमात्र इटहरी आएका हुन् । नगरवासीलाई सुरक्षा दिई प्रहरीको राम्रो अनुभूति गराएकामा चौलागाईंलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीको आचरण र कामको मूल्याङ्कन गर्दै थप प्रोत्साहित गर्न प्रत्येक महिना १ जना प्रहरीलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ ।