उदयपुरः उदयपुरको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलो पटक बिजुली पुगेको छ ।

 सधैँ अन्धकारमा रहँदै आएका गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलो पटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब एक ५० घरधुरीमा बिहीबार पहिलो पटक बिजुली पुगेको हो ।

प्रदेश १ सरकारको एक करोड २० लाख रुपैयाँ र बलान सामुदायिक वनको सात सात लाख रुपैयाँ गरेर कूल एक करोड २७ लाख रुपैयाँको लागतमा दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो । पहिलो पटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले गाउँमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि नसोचेको बताए । सिरहाको लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको दुर्गम गाउँमा विद्युत् विस्तार भएको हो । -रासस