वासिङटनः उडान व्यवसायका लागि यो समय अत्यन्तै अनौठो छ । कोरोना महामारीका कारण हवाइ क्षेत्र ठप्प हुँदा विश्वका अधिकांश मानिसले गत वर्ष त्यति विमान नै देखेनन् होला । हामीले छुटाएका तिनै अनुभवहरु सम्बन्धी अबका दिनमा यसको डिजाइनमा आउने परिर्वनतहरु हालै सम्पन्न गरिएको ‘क्रिस्टल क्याबिन अवार्ड्स’मा प्रस्तुत गरिएको छ ।

यसमा विमान भित्रको इन्टेरियरमा फेरबदल गर्न आकर्षक, उत्साहजनक अनि नयाँ किसिमका योजनाहरु पेश गरिएको छ । यस वर्षको अवार्ड कार्यक्रममा ‘हाइपर–कनेक्टेड डिजाइन’देखि व्यक्तिगत क्याबिनको भविष्य लगायत अन्य विविध उपाधिमा पुरस्कृत गरिएको छ । यसको नतिजा २०२० को एयरक्राफ्ट इन्टेरियर एक्सपोमा सार्वजानिक गरिएको हो जुन पहिले जर्मनीमा आयोजना हुने भनिएको थियो । विजयीको छनोट प्यान्डेमिक अगाडिको माहोलमा तय गरिएको भए पनि कोभिडको समयमा यसको नतिजा उडान क्षेत्रको वृद्धि विकासका लागि उल्लेखनीय साबित हुन सक्ने बताइएको छ । क्रिस्टल क्याबिन अवार्ड असोसिएसनका प्रोजेक्ट डिरेक्टर, कारमन भन्छन्, “यदि हवाइ उडानको माग फेरि पहिलेको अवस्थामा वृद्धि गराउनुछ भने अहिले हामीलाई यात्रुलाई प्रेरित गर्ने उत्साहपूर्ण योजनाहरु चाहिन्छ । यात्रुलाई चिन्तामुक्त भइ राम्रो अनुभव दिलाउन सक्नुपर्ने हुन्छ । यो पुस्ताको चुनौतिमा हवाई उद्योगको प्रतिक्रिया के–कस्तो रहनेछ भन्ने यसबाट पनि मूल्यांकन हुनेछ ।”

अवार्ड प्राप्त गर्न सफल एउटा इन्जिनियरिङ कम्पनी हो ‘हेइनकेल ग्रुप’, जसको ‘फ्लेक्स लाउन्ज’ डिजाइनले इकोनोमी क्याबिनहरुमा पनि सहज र लचिलो व्यवस्थाको प्रस्तुत गरेको छ । यसको मुख्य कन्सेप्ट भनेको विमानले उडान भरिसकेपछि कर्मचारीहरुले सबै यात्रुलाई एकअर्काको आमने सामने पर्नेगरी क्याबिनलाई पुनः व्यवस्थित गराउन सक्नेछन् । यो डिजाइन महामारीको माहोलमा अनुकूल नभए पनि आकर्षक मानिएको छ । त्यस्तै विद्युतीय जेट एलिस, ‘क्याबिन कन्सेप्ट’ को विधामा विजयी भएको थियो । इजरायली हवाई कम्पनी एलिसले प्रस्तुत गरेको इन्टेरियर डिजाइनमा १ हजार किलोमिटरको दूरीमा नौजना यात्रुलाई विभाजन गरि फराकिलो माहोलमा समावेश गर्न सकिन्छ । यसको डिजाइनले बोइङ र भर्जिन एट्लान्टिकको माथिल्लो क्लासलाई पनि हराएको हो । यसमा सबै यात्रुको सिट यस प्रकार मिलाइनेछ कि प्रत्येकले विमानको ठूलो झ्यालतर्फ फर्किनेछन् । यता, भिजनरी कन्सेप्टमा चाहिँ एयरबसलाई आगामी पुस्ताको क्याबिन कन्सेप्टका लागि छनोट गरिएको हो । यसमा पनि सिटहरु डिजिटल वातावरणसँग अनुकूल हिसाबले व्यवस्थित गरिनेछ ।

त्यस्तै ओभरहेड लगेज क्याबिन चाहिँ खालि या भरि भन्ने आधारमा त्यसको रङ पनि रातो र हरियो बालिनेछ । यसको प्राविधिक डिजाइनको उद्देश्य भनेको भूमिगत अवस्थामा हुँदा व्यक्तिले जस्तो महसुस गरिरहेको हुन्छ, उडान भरिसकेपछि विमानमा पनि ठीक त्यस्तै सहज आभास गराउनु रहेको थियो । नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ टेक्नोलोजीले प्रस्तुत् गरेको डिजाइनमा चाहिँ हामीले विमानको सिटलाई खाट जस्तै सुत्न मिल्ने ठाउँमा परिणत गर्न सकिन्छ । यसबाहेक ‘निर्णायकको छनोट’ र ‘सफा अनि सुरक्षित हवाइ यात्रा’ को अवार्ड चाहिँ अगस्टको अन्त्यमा मात्र सार्वजानिक हुने बतइएको छ । महामारीलाई ध्यानमा राख्दै यी दुई विशेष अवार्ड ल्याइएको हो ।

cristal cabin3. cristal cabin2. cristal cabin4

---------सीएनएनबाट