इटहरीः मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षति भएको छ ।

मङगलबार बिहान १० बजे मोरङ पथरीशनिश्चरे १० त्रिबेणी चोक बस्ने भिमबहादुर राईको काठको दुई तले घरमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो ११ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । त्यस्तै, मंगलबार दिउँसो २ बजे तेह्रथुमको छथर ५ स्थित डोप्किले देउराली सामुदायिक वनमा लागेको आगो हावाहुरीले उडाई सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जलेर नष्ट भएको छ ।

उक्त आगो प्रहरी र स्थानियवासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको स्रोतलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।