‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ का वैज्ञानिकहरुले माकुराको जालोलाई ‘म्युजिक’ मा परिणत गर्न सफल भएका छन् जसमार्फत हामीले तिनीहरुसँग अन्तरक्रिया पनि गर्न सकिने बताइएको छ । यसमार्फत माकुराले जालो बनाउने जटिल कलालाई राम्ररी बुझ्न समेत मद्दत मिल्ने उनीहरुको भनाइ छ ।

उक्त एमआइटी टिमले बर्लिनमा आधारित कलाकार तोमस साराथेनोसँग सहकार्य गर्दै माकुराको जालोको ‘टु–डाइमेन्सन’ लेजर स्क्यान लिएका हुन् जसलाई पछि एकसाथ मिलाएर गणितीय मोडलमा परिणत गरिएको थियो । त्यसै मार्फत जालोलाई थ्रीडी भर्चुअल रियालिटीमा पुनःनिर्माण गरिएको हो । यसमा उनीहरुले एमआइटीको म्युजिक विभागसँग सांगीतिक बाजा, हार्प जस्तो भर्चुअल साधन सिर्जना गर्न एकसाथ काम गरेका हुन् ।

सोमबारको अमेरिकन केमिकल सोसाइटीको भर्चुअल मिटिङमा यस कामलाई प्रस्तुत गर्ने एमआइटीका इन्जिनियरिङ प्रोफेसर मार्कस बुएलर भन्छन्, “माकुराको जालो हेर्दा एकदम सामान्य लागेपनि वास्तवमा त्यसको आन्तरिक संरचना धेरै जटिल हुन्छ तर हामीले त्यसलाई चित्रित गर्न सक्छौँ अनि हेर्न पनि सक्छौँ । तापनि मान्छेको कल्पनाले या मस्तिष्कलाई त्यो सबै संरचना विस्तृतमा बुझ्न भने धेरै कठिन छ । ”

यसमा भिआरको जालो बन्दै जाँदाको म्युजिक सुन्नुले हामीलाई त्यसमा हुने संरचनात्मक परिवर्तनहरु हेर्न र सुन्न मिल्ने बनाउँदछ र माकुराले दुनियाँलाई केकसरी हेर्छ भन्नेबारे राम्ररी बुझ्न मद्दत गर्ने उनले संचार माध्यम सीएनएनसँग बताए ।

बुएलर भन्छन्, “माकुराहरुसँग एकदमै उच्च स्तरको ‘भाइब्रेसनल’ या कम्पन सम्बन्धी सेन्सर हुन्छ । तिनीहरुले सो भाइब्रेसनलाई आफूलाई अनुकूल बनाउन र अन्य माकुरासँग अन्र्तक्रिया गर्नका लागि प्रयोग गर्दछन् । ”

माकुराले कुनैपनि बाह्य समर्थन या सहायता बिना नै जालो बनाउन सक्छ । त्यसैले तिनले कसरी काम गर्छन् भन्ने बुझ्नुले नै हामीलाई नयाँ अत्याधुनिक थ्रीडी प्रिन्टिङ प्रविधिको विकासतर्फ लैजान सक्ने उनले बताए ।

यसमा उनीहरुले माकुराले जालो बनाउँदै गर्दा त्यसको स्क्यान गराएका हुन् र बुएलरले यसलाई स्ट्रिङ भएको साधनसँग तुलना गरेका छन् जुन जटिल बन्दै गएसँगै त्यसको संरचना पनि परिवर्तन हुँदै जान्छ । उनले फेरि भने, “हामीले गितार बजाउँदै गर्दा अचानक नयाँ स्ट्रिङ आयो र त्यसरी नै उत्पति हुँदै स्टिङ बढ्दै जाने हो भने कस्तो होला । यो त्यस्तै नै हो । ”
बुएलरका अनुसार उनीहरुले माकुराका विभिन्न गतिविधि जस्तै जालो बनाउँदा, संकेत दिँदा, अन्य माकुरासँग अन्र्तक्रिया गर्दा लगायतका भाइब्रेसनहरु रेकर्ड गरेका हुन् । यसपछि ‘आर्टिफिसियल इन्टेलिजेन्स, (एआइ) ’को प्रयोग गरि ‘सिन्थेटिक भर्जन’ या कृत्रिम संस्करण निर्माण गरेका हुन् । उनले भने, “हामीले यसै मार्फत माकुराको भाषा बोल्न सक्ने भएका हौँ । र यसबाटै माकुरासँग अन्र्तक्रिया गर्ने क्षमता वृद्धि गर्न त्यो म्युजिकलाई बजाउन पनि सक्ने आशा पनि गरेका छौँ । ”
उनका अनुसार यो काम अझै पनि जारी छ । कोभिड–१९ का कारण यसअघि उनीहरुले आफ्नो ल्याब बन्द गराउनुपरेको थियो । वैज्ञानिक महत्वका साथै माकुराले जालो बनाउँदै गर्दा त्यसबाट उत्पन्न हुने धुन या आवाज सांगीतिक हिसाबले पनि रोचक रहेको उनको भनाइ छ । उनी भन्छन्, “त्यो एकदमै असाधारण, अनौठो खालको, डरलाग्दो र अन्ततः सुन्दर सुनिन्छ ।”

उनको टिमका सदस्यहरुले मान्छेले बजाएको सांगीतिक धुनलाई मिलाएर भीआर वेबलाई फेरबदल गरि यसअघि प्रत्यक्ष म्युजिकल प्रस्तुती दिइसकेका छन् । सीएनएनबाटवैज्ञानिकहरुले माकुराको जालोलाई यसरी ‘म्युजिक’ मा परिणत गरे !

उनको टिमका सदस्यहरुले मान्छेले बजाएको सांगीतिक धुनलाई मिलाएर भीआर वेबलाई फेरबदल गरि यसअघि प्रत्यक्ष म्युजिकल प्रस्तुती दिइसकेका छन् । -सीएनएनबाट