इटहरीः हावाहुरीका कारण झापाका किसानले लगाएका विभिन्न खाद्य बाली नष्ट हुँदा किसान मर्कामा परेका छन् ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानीय तहहरुमा किसानले लगाएका बाली नष्ट हुँदा झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार जिल्लाको कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका क्षेत्रका छ सय किसानले एक सय ६९ हेक्टर क्षेत्रफलमा लगाएका बाली नष्ट हुँदा एक करोड ९८ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । वैशाख २, ५ र ९ गतेको वर्षा र हावाहुरीबाट ५० लाख रुपैयाँ बराबरको केरा खेति नष्ट भएको समेत प्राविधिक भट्टराईले बताए ।