बेलबारीः मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई कृषि क्षेत्रमा दक्ष बनाई व्यावसायिक बनाउन वास्तविक किसानलाई लक्षित गरी कृषक पाठशाला कार्यक्रम सञ्चालन गरेको छ ।

कृषक पाठशालाले किसानहलाई थप सिकाइ प्रदान गरेको वडाध्यक्ष नगेन्द्र खड्काले बताए । हिजो आइतबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम समापन गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताए । १६ हप्तासम्म सञ्चालन भएको सो कार्यक्रम बेलबारी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेस गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।

जम्मा २६ जना कृषकहरुको सक्रिय सहभागितामा कृषक पाठशाला सञ्चालन गरिएको र विशेष गरेर अर्गानिक उत्पादनमा जोड दिन अर्गानिक मल, बीउ, किट्नाशक विषादिको सट्टा प्रयोग गरिने औषधि निर्माण र प्रयोगबारे सिकाइ सञ्चालन गरिनुका साथै छिटो प्रतिफल प्राप्त गरी कृषि उपजको उत्पादकत्वमा वृद्धि गर्दै कृषि क्षेत्रका माध्यमबाट किसानहरुलाई व्यावसायिक बनाउन कृषक पाठशाला सञ्चालन गरिएको कार्यक्रमकी प्रमुख अतिथि उपमेयर ढाका पराजुलेले बताइन् ।

वडा नं ९ बनोलमा सञ्चालन भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, वडाध्यक्ष नगेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, कृषि शाखाका कर्मचारीहरु र सहभागी किसानहरुको उपस्तिथि रहेको थियो ।