भद्रपुरः भद्रपुर नगरपालिकाको वडा नम्बर ७ का बासिन्दाले आर्थिक सङ्कलन गरी अस्थायी प्रहरी बिट भद्रपुरलाई मोटरसाइकल प्रदान गरेका छन् ।

वडाको सुरक्षामा सहजता प्रदान गर्न २ लाख २५ हजार रुपैयाँबराबरको मोटरसाइकल उपलब्ध गराएको बताइएको छ । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी तथा लुटपाटका घटना बढ्दै गएकाले डेढ महिनाअघि प्रहरी बिट स्थापना भएको हो ।

सो प्रहरी बिटमा २ जना प्रहरी रहने गरेका छन् । मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिल्ला प्रहरी कार्यालयले गर्ने बताइएको छ ।