इटहरीः नेपालको एक मात्र वन्यजन्तु आरक्ष हो कोशी टप्पु वन्यजन्तु आरक्ष । यस आरक्षमा अर्नालाई संरक्षण गरेर राखिएको छ । सिमसार क्षेत्र पर्ने भएकाले यो आरक्षमा चराहरूको पनि बाक्लो उपस्थिति रहन्छ । अर्ना र चराको अवलोकनको लागि आकर्षक क्षेत्रको रूपमा मानिँदै आएको आरक्षले अहिले फरक अस्तित्व पनि बनाएको छ । कोशी टप्पु र यसको आसपासको क्षेत्रमा सूर्यास्तको दृश्य र सप्तकोशीको बहाब हेर्न पर्यटकहरू आउने गरेका छन् । सूर्यास्तको प्राकृतिक दृश्य र कोशीको अथाह आयतन र बालुवाको राश कुनै समुद्रको ‘वीच’ भन्दा कम देखिँदैन ।

आरक्षमा ५ सय २८ प्रजातिका चरा अनि अर्ना हेर्दै मनमोहक सूर्यास्त समेत हेर्न पाइने भएकाले कोशी टप्पुलाई सरकारले भर्खरै मात्रै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।

kohi tappu 5 pradeshportal koshi 10 pradesh portal kohitappu 3 pradesh portal koshi tappu 1 pradesh portal koshi 11  pradesh portal koshi tappu 4 pradesh portal koshi tappu 7 pradesh psortal koshi tappu 8pradesh portal koshitappu 2 pradeshportal koshitappu pradesh portal