विराटनगरः जुवाजन्य खेल तिहारमा धेरै हुने गर्छ । तिहारको पूर्वसन्ध्यामा प्रहरीले धेरै जुवाडेलाई नियन्त्रणमा पनि लिन्छ । प्रहरीका अनुसार तिहार सकिएको १ सातासम्म जुवाडे पक्राउ पर्ने अघिल्ला वर्षको तथ्याङ्कले देखाउँछ ।

यसै क्रममा भाइटीकाको राति मोरङको जहदा–५ बाट तीन जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान १ बजे सोही स्थानका अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा नगद ४३ हजार ३ सय २० रुपैयाँ र कौडासहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।