इनरुवाः बिजुलीको चिम पड्किएर सुनसरीको कोशी –८ भण्टाबारीमा १२ वर्षीय बालकको मृत्यु भएको छ । घटना विवरण अनुसार आफ्नै पसलमा सो दुर्घटना भएको थियो ।

आइतबार बिहान एसीको प्लकमा चिम जोड्ने क्रममा पड्किँदा स्थानीय कलिम मियाँका १२ वर्षीय छोरा नजाबुलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अर्का एक जना बालक घाइते भएका छन् ।

भारतको सुपौल बस्ने बब्लु सदाका १४ वर्षीय छोरा मुकेश सदा सो घटनामा घाइते भएका हुन् । घाइते सदाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।  

 

तस्बिरःस्राेत गुगल