बेलबारीः मोरङको बेलबारीमा भारतीय लरीको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

बेलबारी– ४ स्थित पूर्वपश्चिम राजमार्गमा मङ्गलबार राती भारतीय लरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । पश्चिमतर्फ जाँदै गरेको लरीले सोही दिशातर्फ जाँदै गरेको को २० प ७७०२ नम्बरको मोरसाइकललाई ठक्कर दिएको थियो ।

लरीको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको वराहक्षेत्र–४ का आर्यन चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । लरी र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।