धरानः आगो निभाउन प्रयोग गरिने उपकरणहरूको बिक्री धरानमा पहिलो पटक शुरु भएको छ । श्री इन्टरप्राइजेजले धरानमा ती उपकरणहरूको बिक्री शुरु गरेको हो ।

करिब १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको पसलमा फायर इस्टिङग्विसर, फायर ब्लाङकेट, स्मोक अलाराम राखिएको सञ्चालक पुक्कल राईले बताए । उनका अनुसार एक केजीदेखि ४ केजीसम्मका फायर इस्टिङग्विसर रहेका छन् । मलेसियन कम्पनीको ‘श्री’ र भारतीय कम्पनी ‘सेभियर’ का उपकरणहरू राखिएका छन् । शुरुवाती चरणको आगो नियन्त्रण गर्नमा यी उपकरणहरू प्रभावकारी हुने सञ्चालक राईले बताए ।

‘सानो कारणले ठूलो क्षति हुन सक्छ, सम्पत्ति मात्र होइन ज्यानै जान पनि सक्छ’ उनले भने, ‘कम्तीमा पनि यी उपकरण राखियो भने ९५ प्रतिशत सेभ हुन्छ ।’

धुवाँ पत्ता लगाउन फायर आर्लम एकदमै प्रभावकारी हुने उनले बताए । यसैगरी, अन्य उपकरणहरू पनि थप्दै लगिने उनले बताए । तेल, डिजेल, इलेक्ट्रोनिकजस्ता वस्तुहरूमा भएको आगलागीमा पानी प्रयोग गर्दा अन्य असरहरू हुने हुँदा यी उपकरण प्रयोग गर्न राम्रो हुने उनले बताए ।

धरानमा यो उपकरण नपाउँदा विरानगरसम्म पुगेर आफूले ल्याउनुपरेको गुनासो गर्दै उनले भने, ‘मैले रेष्टुरन्टको लागि यो उपकरण खोज्दा धरानमा पाइनँ । सोध्दै जाँदा विराटनगरमा पाएँ त्यहाँ पुगेर मैले ल्याएँ ।’

यी उपकरणहरूको महत्व बताई प्रयोग गर्ने तरिकाको बारेमा सचेत गराउन जरुरी रहेकाले यसबारे सचेतना कार्यक्रम राखिने उनले बताए । राई करिब १८ वर्ष वैदेशिक रोजागारीमा बिताएर आएका हुन् । आफूले जानेका केही कुराहरू आफ्नै देशमा बाँड्नका लागि आफू आएको उनले बताए । ‘मेरो परिवारसहित राम्रो फेसिलिटीमा विदेशमै बसेको थिएँ । तर, मलाई आफूले जानेको कुरा आफ्नै ठाउँमा केही गरेर सेयर गर्छु भनेर आएको हुँ,’ उनले भने ।

aago nibhaune  (3)