धरानः धरान प्रहरीले शुक्रबार साँझ पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

धरान–८ स्थित तिनकुने प्रहरी चेक पोष्टबाट खटिएको टोलीले पेस्तोलसहित १ जनालाई पक्राउ गरेको हो । तर, पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । आपराधिक क्रियाकलापमा अन्य पनि संलग्न हुन सक्ने आशङ्का गर्दै पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको प्रहरीले जनाएको छ ।

पेस्तोलसहित पक्राउ परेको बारेमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले पुष्टि गरे पनि नाम बताउन चाहेनन् । आपराधिक क्रियाकलापमा अन्य पनि संलग्न हुने आशङ्काले नाम गोप्य राखिएको उनले बताए । ‘अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानमा छौं,’ डिएसपी तिम्सिनाले भने, ‘भोलिसम्ममा नाम सार्वजनिक गर्छौैं । तिनकुनेस्थित प्रहरी चेक पोष्टको टोलीले पक्राउ गरेको हो ।’