सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

  • भदौ २६, २०७८
  • २२५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउराली दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।
उनले आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरण मानिसहरुलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो ।
प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान -१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप थान -१ (एक), गोप्य लेखेको रवरको छाप थान -१ (एक), जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान -१ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान -१ (एक), प्रहरी निरीक्षक लेखेको रवरको छाप थान -१ (एक), उपसचिव लेखेको रवरको छाप थान-१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान -१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान -१ (एक), शाखा अधिकृत लेखेको छाप थान -१ (एक) लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला बरामद गरेको छ । पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप गरी थप अनुसन्धान भईरहेको छ ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्टबीच ग्राहकलाई सहुलियत दिने सम्झौता

धरानः आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैंकबीच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौत ...

खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा ...

बेन्च–बार द्वन्द्व स् सर्वोच्चले माग्दा बारले एमिकस क्युरी नै पठाएन

काठमाडौँः सर्वोच्च अदालतले संवैधानिक इजलासको संरचनाका विषयमा परेको रिटमा एमिकस क्युरी मागेकोमा नेपाल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved