इटहरीः सँखुवासभाको मादी नगरपालिका १ मा २ नावालक सहित ६ जनाको सामुहिक हत्या प्रकरणमा सँलग्न रहेको आरोपमा प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्ने कार्की परिवारका १३ दिने दाजुभाइ भित्रै पर्ने स्थानीय २५ बर्षीय लोकबहादुर कार्की रहेको प्रहरी स्रोतको भनाई छ । नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा कार्कीले हत्या स्वीकार गरेको र व्यक्तिगत रिसिवीका कारण परिवारकै हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । 
संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालका अनुसार प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने छ । आइतबार चैनपुरमा सार्वजनिक गरिने दाहालले बताए ।
यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना भएको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले जानकारी दिए ।

haty-aa
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचालित छन् । मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।
उनिहरुको शब वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि इटहरी स्थित बुढी गंगा जमुना मुक्तिघाटमा सामूहिक दाहसंस्कार गरिएको थियो । मृतक परिवारका दुई छोरा वैदेशिक रोजगारका शिलशिलामा मलेसियामा थिए । कान्छा छोरा भने दाहसंस्कार गर्न मलेसियाबाट इटहरी आएका थिए । उनि र उनकी श्रीमति भने झापाको दमक बस्दै आएका छन् । तीज पछि करिब ८० लाखमा दमकमा घरजग्गा खरिद गर्ने र स परिवारलाई दमक नै ल्याउने कार्की दाजुभाईको योजना थियो । तीज अघि नै कार्की परिवारका ६ जनाको हत्या भएको हो ।

241729472_2770765163216677_255875757315581563_n