इटहरीः झापाको बिर्तामोड ३ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी २ का ३४ वर्षीय भिमराज राई र पथरी १ का ३२ बर्षीय अनुप सुब्बा लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गएराति ९ः३० बजे को २७ प ८६७४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरेको हो । 

पक्राउ परेका राईउपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएकोले उनलाइ समेत पक्राउ गरी दुवै जनाउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।