इटहरीः साहस उर्जा लिमिटेडको साधारण शेयर यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ ।

साहस उर्जाले ७० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्कासन र बिक्री गर्नेछ । निष्कासन हुने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट साहस उर्जाको शेयर किन्न सक्नेछन ।