इटहरीः मोरङको कटहरी गाउँपालिकाले बालुवा र भरौट बिक्री कर संकलनका लागि आह्वान गरेको विद्युतीय बोलपत्र (इ बिडिङ) मा अनियमितता भएको खुलासा भएको छ ।

लोहोन्द्रा खोलाको बालुवा र भरौट उत्खननबापत कटहरी गाउँपालिकाको सतारी घाट, हुर्हुरिया घाट, मर्चनिया घाट र बबिया घाटका साथै धनपालथान गाउँपालिकाको बालुघाट र रामघाट क्षेत्रमा कर संकलनका लागि ठेक्का लगाउँदा प्रकृयाविपरीत गोपनीयताको अधिकार उल्लङ्घन हुनेगरी काम भएको पाइएको हो । गत साउन २२ गते विद्युतीय बोलपत्र (इ बिडिङ) र सिलबन्दी बोलपत्र आह्वान गर्दै ३० दिनको म्याद राखी सूचना प्रकाशित गरिएकोमा गाउँपालिकाले सूचनाको भावनाविपरीत सिलबन्दी बोलपत्र आह्वान गर्नेलाई बढी समय उपलब्ध गराउँदा विद्युतीय बोलपत्र पेस कम्पनी मर्कामा परेको देखिन्छ । साउन २२ गते आह्वान गरिएको ३० दिने म्यादको तीसौँ दिन भदौ १९ गते शनिबार पर्न जान्छ । शनिबार सार्वजनिक बिदा परेकाले सोको भोलिपल्ट भदौ २० गते आइतबार टेन्डर खोल्नुपर्नेमा स्थानीय ठेकेदार कम्पनीहरुसँगको मिलेमतोमा गाउँपालिकाले एक दिन बढी समय उपलब्ध गराउँदै भदौ २१ सोमबार मात्र बोलपत्र खोल्दा त्यसअगावै टेन्डर भरिसक्ने ठेकेदार कम्पनीको दररेट चुहावट भएको हो । गाउँपालिकाले भदौ १९ गते नै बिक्री बन्द गर्नुपर्ने बोलपत्र आावेदन फारम नियमविपरीत भदौ २० गतेसम्म बिक्री गर्दा पछि फारम किन्ने कम्पनीले फाइदा लुट्न सफल भएको हो ।

suchana

पहुँचवाला कम्पनीलाई पोस्ने बदनियतसाथ २० गते खोल्नुपर्ने सिलबन्दी बोलपत्र २१ गते मात्र खोल्दा त्यसअघि नै विद्युतीय बोलपत्र भरिसकेको रनकालीमाता कन्स्ट्रक्सनले पेस गरेको दरभाउ बुझेर त्यसभन्दा बढी दरभाउ पेस गरी ठेक्का हात पार्ने मौका अन्य कम्पनीले पाएका हुन् । भदौ २० गते मध्यान्न १२ः०० बजे बोलपत्र रजिष्ट्रेसन रोकी सोही दिन अपराहन्न २ः०० बजे सबै सहभागी कम्पनीका प्रतिनिधिहरुको रोहवरमा बोलपत्र खोल्नुपर्नेमा गाउँपालिकाले त्यसो नगरी २१ गते मात्र बोलपत्र खोल्दा वास्तविक योग्य कम्पनी रनकालीमाता कन्स्ट्रक्सनले ठेक्का पाउनबाट बञ्चित हुनुपरेको छ । रनकालीमाता कन्स्ट्रक्सनले एक करोड ६० रुपैयाँ मूल्य राखी नियमित समयमै बोलपत्र पेस गरेकोमा बोलपत्र पेस गर्नुपर्ने सूचनाले तोकेको समय व्यतित भइसकेपछि मात्र रनकालीमाता कन्स्ट्रक्सनले तोकेको मूल्य बुझिसकेर अर्को कम्पनीले सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गरी ठेक्का हत्याएको हो । रनकालीमाता कन्स्ट्रक्सनले पेस गरेको एक करोड ६० लाखको बोलपत्रमा अङ्कित रहेको दरभाउ विद्युतीय माध्यमबाट बोलपत्रको समय बितेपछि सजिलै हेर्न सकिने व्यवस्थाको फाइदा उठाउँदै थाहा पाउन सफल कम्पनीहरुले रनकालीमाता कन्स्ट्रक्सनले निर्धारण गरेभन्दा बढी अर्थात् एक करोड ७२ लाख र एक करोड ७३ लाख रुपैयाँ अङ्कित गरी बोलपत्र पेस गरेका थिए ।

ssu.

 

अन्त्यमा एक करोड ७३ लाख मूल्य राख्ने कम्पनी सुनवर्षी नगरपालिका २ स्थित सुजन निर्माण सेवाले ठेक्का हत्याउन सफल भयो । सबैभन्दा बढी मूल्य निर्धारण गरी बोलपत्र पेस गर्ने कम्पनीले ठेक्का पाउने सामान्य सिद्धान्त मात्र हेर्दा ठेक्का प्रकृया सही नै रहेजस्तो लाग्न सक्छ । तर, यहाँ नेपालको संविधान २०७२ को धारा २८ ले प्रदान गरेको गोपनीयताको हक हनन हुनेगरी एउटा कम्पनीले पहिले नै पेस गरिसकेको दरभाउ बुझिसकेर पछि सोभन्दा बढी दरभाउ निर्धारण गरिएकाले ठेक्का प्रकृयामा स्वच्छ प्रतिस्पर्धा हुन नसकेको देखिन्छ । सुजन निर्माण सेवाले पेस गरेको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना भदौ २७ गते कटहरी गाउँपालिकाले जारी गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाले प्रकृयाविपरीत बोलपत्र पेस भएको स्वीकार गर्दै ठेक्का प्रकृया रद्द गरिने बताएकोमा गाउँपालिका अध्यक्ष रामकुमार कामतको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले भने ठेक्का प्रकृयामा भएको कानूनी व्यवस्थाको गम्भीर उल्लङ्घनलाई नजरअन्दाज गर्दै ठेक्का रकम बढी रहेको तथ्यलाई मात्र आधार बनाई सुजन निर्माण सेवाले पेस गरेको बोलपत्र स्वीकृत गर्ने प्रकृया अगाडि बढाएको छ ।

nivedan.

 

उता, नियमविपरीत बोलपत्र खोल्दा मर्कामा परेको रनकालीमाता कन्स्ट्रक्सनले भने ठेक्का प्रकृया स्थगित गरी छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दर्ता गराएको छ । कम्पनीका प्रतिनिधि पदमबहादुर श्रेष्ठले भदौ २२ गते दर्ता नम्बर ४९७ कायम गरी जिल्ला प्रशासनमा दर्ता गराएको निवेदनको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरी, कटहरी गाउँपालिकाको कार्यालय कटहरी र सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँलाई पनि दिइएको छ । thekka