बाल गृहमा रहेका बालबालिकाहरुवीच वक्तृत्वकला

  • भदौ २९, २०७८
  • १२१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण: बालबालिकाको भोगाइ र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृत्तीय र तारा नमस्ते बालग्राम बिर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । वक्तृत्वकला प्रतियोगिताका द्वितिय, तृत्तीय र सान्तवनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । उनका अनुसार सहभागिहरुबीच भदौ २७ गते अनलाइनमार्फत् प्रतियोगिता गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिलेनै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिए । उनले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताए । कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैबीच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो । भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा ...

बेन्च–बार द्वन्द्व स् सर्वोच्चले माग्दा बारले एमिकस क्युरी नै पठाएन

काठमाडौँः सर्वोच्च अदालतले संवैधानिक इजलासको संरचनाका विषयमा परेको रिटमा एमिकस क्युरी मागेकोमा नेपाल ...

गुगलले ल्यायो हावामा इन्टरनेट

कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved