इटहरीः सुनसरीको इटहरीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहारका २२ वर्षीय सुरज साह र झापाको गौरीगन्ज गाउँपालिका–१ का २७ वर्षीय आइतबारी हस्दा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुवै जनालाई इटहरी उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले जनाएको छ ।