इटहरीः नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।

 आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ(गाइने अंकोलोजिष्ट)ं डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने भएकी हुन् । डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएरसमेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्नेजस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपीडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । नर्भिकले विगत केही साता अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।