काठमाडौँः बाग्मति प्रदेशमा हालसम्म १८ लाख ७० हजार सात सयभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार एक सय एक जनाले कोभिसिल्ड, ११ लाख ७६ हजार दुई सय चार जनाले भेरोसेल तथा तीन लाख ४७ हजार चार सय १४ ले जोनसन एन्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार एक सय ७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् ।

बाग्मति प्रदेशमा २५ लाख ३८ हजार दुई सय २५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार सात सय ९२ अर्थात् १६ दशमलव ७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले भने । तीमध्ये हालसम्म चार लाख १० हजार दुई सय ६८ अर्थात् ९६ दशमलव ३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार तीन सय ७२ को मृत्यु भएको जनाइएको छ ।​​​​​​​ -रासस