इटहरीः गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘सुनैको दरबार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको छ ।

भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफयोग्य नै रहेक छ । निसल पौडेलले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् । भिडियो फोर बि इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।