इटहरीः अरुणभ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १०५ बोनस शेयर पाउने भएका छन् ।

कम्पनीले कर तिर्ने प्रयोजनको लागि ०.५२५ प्रतिशत नगद लाभांश समेत दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको साधारणसभा जुम मिटिङमार्फत् गरेर बोनस शेयरको प्रस्ताव पास गराउने बताएको छ । नगद लाभांश दिने निर्णय गर्दै बैठकले बोनस वितरणपश्चात् कायम हुने चुक्ता पूँजीबाट ५०५ हकप्रद शेयरसमेत निष्कासन गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे वार्षिक साधारणसभा गरिने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुक क्लोज हुनेछ भने साधारणसभा हँुदाभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश पाउने छन् ।