इटहरीः नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ को ‘दिलमा तिमी’ को पहिलो गीत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन÷ निर्देशन र प्रस्तुति रहेको चलचित्रको गीत सार्वजनिक भएको हो । माया र प्रेमलाई गीतमा समेटिएको छ । गीतमा प्रह्लाद तिम्सिना र नित्या शिवाको स्वर रहेको छ । राहुल जेटली र प्रीतिका शर्मा मा फिचरिङ गरिएको गीतलाई नुवाकोटको रमणीय दृश्यहरुमा छायांकन गरिएको छ । बिबन तामाङ र दशबहादुर तामाङको निर्माण तथा सूर्यबहादुर तामाङको सहनिर्माणमा दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य, विश्वास भण्डारीको सम्पादन र सन्तोष पराजुलीको प्रकाश व्यवस्थापन रहेको छ ।