इटहरीः नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा लगानी गर्ने लगानीकर्तालाई मालामाल बनाउनेगरी कम्पनीले पहिलो वर्ष नै नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । २० करोड कित्ता शेयर बजारमा रहेको निफ्राले पहिलो वर्षको मुनाफाबाट हरेक शेयरधनीलाई साढे ८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लाने भएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २० अर्बको ८.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । असोज ४ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो ।