काठमाडौँः करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र मनोज थापामगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ भने गायक मनोज थापामगरले नै गीतमा संगीत र संगीत संयोजन गरेका हुन् । बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन् । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ । पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो ।

गायक थापामगरको आधिकारिक च्यानल ‘मनोज थापामगर’ मार्फत भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षको भनाइ छ ।