इटहरीः झापाको दमक नगरपालिका १ बाट प्रहरीले गएराति १७ जनालाई जुवाको खालबाट चार लाख नगदसहित पक्राउ गरेको छ ।

स्थानीयको एक तले घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेका अभियुक्तहरुका साथबाट चार लाख २७ हजार छ सय नगद र कौडासमेत बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।