इटहरीः सरकारले सोलुखुम्बुका २ हजार ८ सय विद्यार्थीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुसार जिल्लाका ८ वटै स्थानीय तहका २ हजार ८ सय ६३ जना विद्यार्थीले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सोताङ गाउँपालिकाका ३ सय,माप्य दूधकोशीका ४ सय १०, सोलुदूधकुण्ड नगरपालिकाका १ हजार २७५, महाकुलुङका १ सय ८८, खुम्बु पासाङल्हामूका १ सय, थुलुङ दूधकोशीका २ सय ५५, नेचासल्यानका २ सय ८५ र लिखुपिके गाउँपालिकाका ५० जना विद्यार्थीले खोप प्राप्त गरेका हुन् ।

भदौ २० देखि २५ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा १८ वर्षभन्दा माथिका विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाइएको कार्यालयले जनाएको छ ।