कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

  • आश्विन ८, २०७८
  • ११८ पटक पढिएको
  • रासस
alt

काठमाडौँः कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा ग्रुपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताए । साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उनको भनाइ थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न कक्षा १ देखि १० सम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिइन् ।

एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उनको भनाइ थियो । नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताए । कलालाई ठाउँमै लैजाने गरी प्रतिष्ठानले काम गरिरहेको उनको भनाइ थियो । कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिए । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् । -रासस

प्रतिक्रिया दिनुहोस

श्रीमान श्रीमतिबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ ...

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट ...

संखुवासभामा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु

इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved