गुगलले ल्यायो हावामा इन्टरनेट

  • आश्विन ८, २०७८
  • २२० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल्याउनमा सफल भएको छ ।

 यसबाट कङ्गो खोला पारि डाटा ट्रान्समिट गर्न सकिनेछ जसको अर्थ ब्राजाभिल र किनशाका १ करोड ७० लाख नागरिकहरुले सस्तो र तिव्र गतिमा इन्टरनेट चलाउन पाउनेछन् । प्रोजेक्ट तारा, गुगलको सहायक कम्पनी अल्फाबेटको अति महत्वकांक्षी परियोजना थियो । यो परियोजनाको उत्पति प्रोजेक्ट लुनबाट भएको थियो जसमा वायुमण्डलको ‘स्ट्राटोस्फियर’ तहमा बेलुनको प्रयोग गरिएको थियो । यो हालैको आविस्कारले विशेष रुपमा दुई अफ्रिकी शहरबीच ‘कनेक्टिभिटी ग्याप’ हटाएको छ । रिपब्लिक अफ कंगोको ब्राजाभिल र डेमोक्रेटिक रिपब्लिक अफ कंगोको किन्सहासा शहर केबल दुई माइलको दुरीमा भएपनि यी दुवै शहरलाई इन्टरनेट मार्फत जोड्न अत्यन्तै कठिन थियो ।

परम्परागत केबल प्रयोग गर्दा नदि पार गर्नुपर्ने हुँदा ब्रोडबान्डको शूल्क पाँच गुणा महङ्गो बन्न पुगेको थियो । तर अब ‘वायरलेस अप्टिकल कम्युनिकेसन ९डब्लूओसी० सिस्टम’ राखिसकेपछि यसले २० दिनमा ९९।९९ प्रतिशत उपलब्धता सहितको ७०० टेराबाइट्स इन्टरनेट डाटा प्रदान गर्नेछ । भविष्यमा सबै किसिमको मौसममा यसले काम गर्नेछ भन्ने अपेक्षा नभएपनि ताराको लिंकले दुई शहरका १ करोड ७० लाख मानिसहरुलाई छिटो र सस्तो इन्टरनेट सेवा दिलाउन सकेकामा खुसी जनाइएको छ ।

 यो प्रणालीले एकदम साँघुरो र हाम्रो आँखाले नदेख्ने प्रकाशका किरणहरु प्रयोग गरि उच्च गतिको डाटा प्रदान गर्न सक्छ जुन परम्परागत फाइबर जडान गरिए जत्तिकै राम्ररी चल्नेछ । त्यस्तै यसले चरा लगायत विभिन्न अवरोधकहरुलाई कसरी छलेर समस्या घटाउने भन्ने तरिका पनि पत्ता लगाइसकेको छ । यस किसिमको प्रविधि केन्या, भारत, अमेरिका र मेक्सिकोमा पनि प्रयोग गरिएको छ । यसको संरचनामा लामो दुरीमा राखिएका दुईवटा पोल मात्र आवश्यक रहेको बताइएको छ । -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

श्रीमान श्रीमतिबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ ...

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट ...

संखुवासभामा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु

इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved