इटहरीः मोरङको विराटनगर महानगरपालिका–१८ मा आज दिउँसो पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय धनीलाल ऋषिदेव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार भैँसी चराउने क्रममा भैँसीलाई पानी खुवाउन र नुहाउन खोज्दा पोखरीमा डुबेर ऋषिदेवको मृत्यु भएको हो ।

भैँसीलाई नुहाउने क्रममा चिप्लिएर पानी जमेको पोखरीभित्र छिरेका उनलाई पछि मृत अवस्थामा फेला पारिएको एसपी राईले बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाई घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।