झापाः नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत झापाका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।
चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, बिर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत, बाह्रदशीमा इन्द्र बस्नेत र गौरीगञ्जमा अग्नु राजवंशी निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५र६५ मत ल्याएर बराबरी भएका छन् ।
उनीहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको छ । यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गङ्गा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए । -रासस