इटहरीः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउने भएका छन् ।

पार्टीका सुनसरी जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली असोज २३ गते इटहरी आउने कार्यक्रम तय भएको नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले जानकारी दिए । उनका अनुसार इटहरी आएपछि अध्यक्ष ओलीले जनता उच्च मा.वि.को प्राङ्गणमा आयोजना हुने अगुवा कार्यकर्ताहरुको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्नेछन् ।

सो भेला आयोजनाको पूर्वतयारीका लागि हिजो इटहरीको लायन्स भवनमा पार्टीको इटहरी नगरस्तरीय कमिटीको विस्तारित बैठक बसी भेला आयोजनाका लागि विभिन्न विषयको जिम्मेवारी निर्धारण गरी समिति गठन गरिसकिएको अध्यक्ष सुब्बाको भनाइ छ । भेलालाई सफल पार्न आआफ्ना ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष सुब्बाले मातहतका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।