इटहरीः नेपाली हिन्दूहरुको महान पर्व बडादसैँको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । 

नर्भिक अस्पतालले दसैँ अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो । सबै खालको वेलनेस प्याकेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिबार सञ्चालन गर्ने निःशुल्क ओपीडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।