हर्षु राईको ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक

  • आश्विन २६, २०७८
  • ९६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत “ मेरो देश नेपाल’को भिडियो सार्वजनिक गरिएको छ । 

सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको हो । भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाइसमेत दिए ।

कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गर्दै सबैलाई भिडियो हेरेर शेयर गरेर सहयोग गर्न अनुरोध गरिन् । कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र आफ्नो पुरानो गीत ‘चेलीको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिईन् । २०४३÷०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षु राईले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीत मार्फत खबरदारी गर्ने गर्थिन् । २०४७ सालताका पूर्वका गाउँ गाउँमा ‘चेलीको सिउँदो पुछियो....’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’, ‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन् ।

पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनि पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । २०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्बम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्बम ‘प्रिति’ बजारमा ल्याइसकेकी छिन् । लामो समय धरान उप– महानगरपालिकाको जागिरे जीवनबाट केहि बर्ष अघि मात्र अवकाश लिएकी गायिका हर्षु राईले लामो अन्तरालमा नयाँ गीत “मेरो देश नेपाल “ राष्ट्रिय भावनामा समर्पित रहेर म्यजिक भिडियो सहित ल्याएकी हुन्। “मेरो देश नेपाल “ गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ । भिडियो सार्वजनिक कार्यक्रममा गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गायक÷ संगीतकार नवराम राई लगायत बिभिन्न संगीतकर्मीहरु बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

श्रीमान श्रीमतिबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ ...

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट ...

संखुवासभामा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु

इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved