इटहरीः इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडासहित घरमै पुगेर भेटघाट गरेकी छन् ।

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रमअन्तर्गत वडा नम्वर ४,८,७,८,१० र १४ नम्बर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मीसहित भेटघाट गरिएको हो । वडा नम्वर ४ र १४ का केही सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको छ । वडा नम्वर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागी थिए । वडा नम्बर ४ को कार्यक्रममा महिला सदस्यहरु उपस्थित रहे । इटहरी अस्पतालकी स्टाफ नर्स रिता मण्डलले आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्नुका साथै परामर्श दिएकी छन् ।

245092925_419488729555932_8535429792407387897_n

चामल, दाल, तेल, नुन अण्डा, नानी र आफूलाई कपडासहित उपमेयर घरमै आइपुग्दा आफूलाई खुसी लागेको वडा नम्बर ४ की सुत्केरी महिला मन्जु जोगीले प्रतिक्रिया दिइन् । सुत्केरी भएका महिलाको घरको अवस्था असामान्य हुनसक्ने हुँदा यस्तो कार्यले धेरै सहयोग पुग्ने उनको भनाइ छ । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्यासमेत बढेको छ ।