अमेरिकाको क्यालिफोर्निया राज्यको विधानसभाले स्टेल्थिङ (अर्थात् सेक्सका बेला आफ्ना साथीलाई जानकारी नदिई वा सहमति बिना कण्डम हटाउनु) माथि प्रतिबन्ध लगाइदिएको छ ।​ डेमोक्रेट सदस्य क्रिस्टिना गार्सिया पछिल्लो चार वर्षदेखि यो कानूनका लागि प्रयास गरिरहेकी थिइन् । विधानसभामा यो विधेयक पेश गर्ने गार्सियाले भनिन्, ‘अब क्यालिफोर्नियामा यस्तो गर्नु अपराध हो भनेर स्पष्ट भइसकेको छ ।’

गार्सियाले भनिन्, ‘यस्तो खालको यो देशको पहिलो कानून हो । म अन्य राज्यलाई पनि क्यालिफोर्नियाको बाटोमा हिँड्न अनुरोध गर्न चाहन्छु । साथै, स्टेल्थिङ अनैतिक मात्रै नभई अवैधसमेत भएको स्पष्ट पार्न चाहन्छु ।’​ स्टेल्थिङको कानून बनाउनका लागि क्रिस्टीना गार्सिया सन् २०१७ देखि काम गरिरहेकी छिन् । त्यतिबेला विद्यार्थी रहेकी एलेक्जेन्ड्रा ब्रोडस्कीको एउटा रिपोर्ट ‘कोलम्बिया जर्नल अफ जेन्डर एन्ड ल’ मा प्रकाशित भएको थियो । यो कानूनका लागि जागरुकता फैलाउने श्रेय यहि रिपोर्टलाई नै दिइन्छ । यद्यपि, स्टेल्थिङ कुनै नौलो कुरा भने होइन ।

आखिर के हो ?

सिधा शब्दमा भन्ने हो भने, स्टेल्थिङको अर्थ सेक्सका बेला साथीलाई नबताइकनै कण्डम हटाउनु वा उनलाई जानीजानी हानी पुर्याउनु हो । यस्तो गर्दा साथीलाई यौन सञ्चारित रोगद्वारा संक्रमित हुने वा गर्भवती हुने खतरा पैदा हुन्छ । साथै यो पीडितको गरिमाको पनि उल्लंघन हो ।

यद्यपि, यो वर्षौंदेखि हुँदै आएको अनुमान गरिन्छ । तर इन्टरनेटमा अत्यधिक लोकप्रिय भएपछि नै यसबारे बढी ध्यान दिइएको हो । वास्तवमा इन्टरनेटमा थुप्रै ब्लगमा सेक्स अपराधीले स्टेल्थिङ कसरी गर्ने भन्ने बारे जानकारी दिइरहेको पाउन सकिन्छ ।

नेशनल लाइब्रेरी अफ मेडिसीनमा सन् २०१९ मा प्रकाशित एक पर्चामा २१ देखि ३० वर्षका १२ प्रतिशत महिलाले स्टेल्थिङको आफ्नो अनुभव साझा गरे । त्यसै वर्ष अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका शोधकर्ताले पुरुषसँग सम्बन्ध स्थापित गर्ने बेला ३३ प्रतिशत महिला र २० प्रतिशत पुरुषसँग स्टेल्थिङको घटना भयो । सन् २०१९ को अर्को एउटा अनुसन्धानमा लगभग १० प्रतिशत पुरुषले सेक्सका बेला साथीको सहमति बिना कण्डम हटाएका थिए ।

ब्रोडस्कीले सन् २०१७ मा प्रकाशित एउटा पर्चामा स्टेल्थिङमाथि लेख्ने एक चर्चित ब्लगरलाई उद्धृत गरेकी थिइन् । यी ब्लगर अब निष्क्रिय भइसकेको आफ्नो साइटमा अन्य पुरुषलाई साथीलाई थाहा नहुने गरी कण्डमलाई कसरी चुपचाप हटाउने भन्ने सल्लाह दिन्थे । ब्लगमा कमेन्ट गर्नेहरुले विभिन्न प्रकारको अभद्र टिप्पणी गरेका थिए ।

कानूनले के भन्छ ?

जुन देशले स्टेल्थिङसँग जुध्ने कोसिस गरे उनीहरुले यसका लागि विभिन्न प्रकारका तरिका अपनाएका छन् ।

क्यालिफोर्नियाको यो कानून अमेरिकामा यस्तो खालको पहिलो कानून हो जसले स्टेल्थिङलाई वास्तवमा अपराध मान्दैन । यसको साटो स्टेल्थिङका लागि यो कानूनमा सामान्य दण्डको प्रावधान छ । यसमा पीडित वा पीडितालाई जरिवानाका लागि मुद्दा दर्ता गर्नका लागि अनुमति दिइन्छ ।

संसारभरी यसका लागि यौन हमलादेखि बलात्कारसम्मकाम मुद्दा दर्ता भएपछि केही सिमित मामिलामा मात्रै मुद्दा सफल हुने गर्छन् ।

जर्मनीकाम एक प्रशरी अधिकारीलाई आफ्नो साथीको सहमति बिना कण्डम निकाल्नका लागि यौन उत्पीडनको दोषी ठहराइएको थियो । अदालतले उनलाई आठ महिनाको निलम्बित जेलको सजाय दिएको थियो । साथै पीडितको यौन स्वास्थ्यको परीक्षणका लागि ९६ यूरो र जरिवानाको रुपमा ३,००० यूुरोको जरिवाना पनि लगाइएको थियो ।

न्यूजिल्याण्डमा यसका लागि कठोर नीति अख्तियार गरिएको छ । यस वर्षको सुरुमा एक व्यक्तिलाई कुनै यौनकर्मीसँग स्टेल्थिङ गरेरका कारण बलात्कारको दोषी ठहर गरियो । यसका लागि उनलाई तीन वर्ष ९ महिनाको जेल सजाय सुनाइयो ।

यसै गरी बेलायतमा पनि स्टेल्थिङलाई बलात्कार मानिन्छ । यद्यपि, यसका लागि कुनै विशेष कानून छैन । सन् २०१९ मा एक व्यक्तिलाई यौनकर्मीसँग स्टेल्थिङ गरेका कारण बलात्कारको दोषी ठहर गरियो । अभियुक्तसँग यौनकर्मीले कण्डम लगाउन विशेष रुपमा आग्रह गरेकी थिइन् । अदालतले अभियुक्तले कण्डम हटाएका कारण यैनकर्मीसँगको सशर्त सहमतिलाई अस्वीकार गर्दै बनाइएको सम्बन्धलाई बलात्कार ठहर गर्यो ।

सन् २०१४ मा क्यानडा त सन् २०१७ मा स्विटजरल्याण्डमा यसका कार(ा यौन उत्पीडनको सफल मुद्दा चलाइयो । यद्यपि, हालै ज्यूरिखको केन्टोनल सुप्रिम कोर्टले अफसोससहित स्टेल्थिङलाई अवैध मानेन ।

स्टेल्थिङको सबैभन्दा हाई प्रोफाइल मामिलामध्ये एक जुलियन असांजको रह्यो । उनीमाथि सन् २०१० मा स्वीडेनको यात्राका बेला दुई महिलाले यौनसम्बन्ध स्थापित गर्दा कण्डम हटाएको आरोप लगाएका थिए ।

यद्यपि, उनलाई कुनै पनि अपराधको दोषी ठहर गरिएन किनभने अमेरिकालाई सुम्पिने डरले उनले स्वीडेन जान अस्वीकार गरेका थिए । अमेरिकामा उनीमाथि जासुसीको मुद्दा दर्ता गरेका थिए । पछि स्वीडेनले यो मामिलालाई हटाइदियो ।

अब के होला ?

संसारमा स्टेल्थिङसँग जुध्ने तरिकामा निकै असमानता छन् । यो कुरालाई मिशेला कोएलद्वारा निर्मित र अभिनित बीबीसीको लोकप्रिय मिनी सिरिज ‘आई मे डिस्ट्रोय यू’ मा देखाइयो ।

यसको पाँचौ एपिसोडमा नायिका अराबेला, स्टेल्थिङ गर्ने एक व्यक्तिलाई बेलायतको कानूनअन्तर्गत बलात्कारी बताउँछ । त्यसपछि उनले यसलाई अमेरिका र अष्ट्रेलियासँग दाँजेर भन्छिन्, ‘यदि तपाईं अमेरिकामा हुनुहुन्छ भने यसलाई ‘बलात्कार जस्तै–जस्तै’ मानिन्छ । यस्तै अष्ट्रेलियामा यसलाई ‘थोरै बलात्कार’ बताइन्छ ।’

स्टेल्थिङ सहमतिको कुरा हो र कसैमाथि मुद्दा चलाउनका लागि देशको कानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

एमनेस्टी इन्टरनेशनलले यूरोपको बलात्कार कानूनको समीक्षामा ३१ मध्ये १२ देशमा ‘सहमति’ को कानून भएको पाए । अन्य देशमा अन्य कारणसहित यसलाई बलात्कार मानिन्थ्यो जस्तै कि – के सेक्सका बेला हिंसा गरिएको थियो ?

नेदरल्याण्ड, फिनल्याण्ड, स्विजरल्याण्ड र स्लोवेनियासहित थुप्रै देश आफ्नो कानून फेर्नेबारे सोचिरहेका छन् । यस्तै, स्पेनले पछिल्लो वर्ष यौन हिंसाका लागि एउटा विधेयक ल्याउने घोषणा गरेको थियो र यसमा बलात्कारको कानूनी परिभाषा फेरिने बताइएको थियो ।

क्यालिफोर्नियाजस्तै अष्ट्रलियाको राजधानी क्षेत्र (एसीटी) ले पनि पछिल्ला दिन स्टेल्थिङलाई गैरकानूनी घोषित गरेको थियो । यस्तो गर्ने त्यो अष्ट्रेलियाको पहिलो राज्य हो । हालका कानूनमा यो गतिविधि पहिला नै दर्ता थियो । तर नयाँ कानूनअन्तर्गत अब यसलाई यौन हमला मानिनेछ ।

यो विधेयकलाई विपक्षका नेता एलिजाबेथ लीले पेश गरेकी थिइन् । उनले भनिन्, ‘स्टेल्थिङ कुनै पनि व्यक्तिका लागि एक भयानक कुरा हो । मलाई गर्व छ कि एसीटीले यसलाई जघन्य कामलाई अपराध ठहर गर्दै उो कानून पारित गरेर देशलाई अघि बढाउने काम गरेको छ । ’

-बीबीसीबाट