इटहरीः मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी समाजमा विशेष योगदान दिएका व्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ ।

प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुका बारेमा ग्रन्थ प्रकाशित गरी उनीहरुको योगदानलाई जीवन्त राख्ने अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म प्रतिष्ठानले तस्बीरमा मदन भण्डारी, मदन भण्डारी स्मृति ग्रन्थ भाग १, मधुमल्लाका तिलबहादुर राई स्मृति ग्रन्थ ‘मिक्लाजुङ्गको मोती’, मोरङ वयरवनका काशीनाथ दाहाल स्मृति ग्रन्थ ‘आदर्शको आकाश’, मित्रलाल सुवेदी स्मृति ग्रन्थ ‘स्वाभिमानको पहाड’ प्रकाशित गरिसकेको छ । यसैगरी, विकास अभियन्ता कृषि विज्ञ खगेन्द्र सिग्देलको आत्मवृत्तान्त आफ्नै प्रतिबिम्ब प्रकाशित गरिएको छ । तिलबहादुर राई स्मृति ग्रन्थ मिक्लाजुङ्गको मोती, काशीनाथ दाहाल स्मृति ग्रन्थ आदर्शको आकाश हालसालै विमोचन गरिएको छ ।

244805672_615962832769955_430161723056900548_n

 

प्रतिष्ठानले मदन भण्डारी स्मृति ग्रन्थ भाग २, साविकको सुन्दरपुर गाविसका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल स्मृति ग्रन्थ, लेटाङका डा. रामविनोद सिंह स्मृति ग्रन्थको अन्तिम तयारी गरिरहेको छ । पुस्तकहरुको सम्पादन साहित्यकार अनिल पौडेलले गरिरहेका छन् । संकलन संयोजन जयन्ता पोखरेलले गरिरहेकी छन् जनता र आमूल परिवर्तनको पक्षमा गाउँगाउँबाट लड्ने निष्ठावान कर्मठ योद्धाहरुको इतिहासलाई उत्खनन गरेर प्रकाशमा ल्याउने कार्य हामीले नगरे कसले गर्छ भन्ने निश्कर्ष निकालेर प्रतिष्ठानले यो कार्य जारी राखेको अध्यक्ष बरालले जानकारी दिए । समाजमा विशिष्ट योगदान दिएका व्यक्तिहरुको इतिहास बाहिर ल्याएर नयाँ पुस्तालाई शिक्षित गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिष्ठानले सुरुमा व्यक्ति पहिचान गर्ने, उनको बारेमा खोज अनुसन्धान गर्ने र तथ्यहरुको आधारमा सत्यलाई प्रकाशमा ल्याउने कार्य जारी राख्ने अध्यक्ष बरालको भनाइ छ । मदन भण्डारी स्मृति प्रतिष्ठानले केन्द्रीय कार्यालय उर्लाबारी मंगलबारेमा मदन भण्डारी संग्राहलय सञ्चालनमा ल्याइसकेको छ । जननेता एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जीवन झल्कने सम्पूर्ण सामग्रीहरु संग्राहलयमा राखिएको छ ।

cm shubhakamana.