इटहरीः भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिका –५ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।
४० वर्षीय फाराछेतर शेर्पाले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेर ४० वर्षीया पत्नी छोटी शेर्पाको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार श्रीमतिको हत्या गरी फरार रहेका शेर्पालाई भागिरहेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरी चौकी दोभानेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले साल्पासिलिछो गाउँपालिका–५ बाखुबाट पक्राउ गरेको छ । पक्राउ परेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा राखी कर्तव्य ज्यान अभियोगमा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

















