काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमानढोकाका मूल पुजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरूले प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विजयादशमीका अवसरमा गुरू टिकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

ROS_KTM_RSS(4)

त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दसैंको टीका लगाइदिए । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रूपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई टीका लगाइदिए ।

RS_KTM_president_20211015__D3A15391634286063

यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगत गरियो । अघिल्लो वर्षझैं यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरियो । -रासस